Tuesday, December 27, 2011

डिसीनेपाल डटकम संवाददाता - भारतीय टेलिभिजन रियालिटी शो बिग बोसको पाँचौं संस्करणमा भाग लिएर चर्चामा आएकी पोर्नस्टार सनी लिओन अहिले आफ्नो पहिलो पोर्न भिडियोका कारण पुनः चर्चित बनेकी छन्। निर्देशक महेश भट्टको अपमेकिङ प्रोजेक्ट जिस्म २ मा अभिनय गर्ने तयारीमा रहेकी सनी पूर्वप्रेमी म्याट इरिक्सनले अनलाइनमार्फत पोर्न भिडियो सार्वजनिक गरिदिएपछि चर्चामा आएकी हुन्।

सन् २००७ मा इन्गेजमेन्ट गरेको यो जोडीले एक वर्षपछि नै सम्बन्ध तोडेको थियो। म्याटसित भेट हुनुअघि लिओनले महिला समिलंगीको पोर्न फिल्ममा अभिनय गरेकी थिइन्। इन्गेजमेन्टपछि मात्र सनीले म्याटसँग पोर्न फिल्ममा अभिनय गरिन् र उनीहरु अभिनीत पहिलो फिल्म नै सुपरहिट भएको थियो। सञ्चार माध्यमका अनुसार म्याटले सनीका अन्य फिल्म पनि आफ्नो वेबसाइटमा राखेका छन्।

तर दर्शकले ती फिल्म पैसा तिरेर मात्र हेर्न पाउँछन्। बिग बोसमा सहभागिता जनाएर भारतमा चर्चा कमाएकी सनीको ख्यातिलाई बिगार्न म्याटले फिल्म सार्वजनिक गरेर फाइदा लिएको हुन सक्ने अनुमान सञ्चार माध्यमले गरेका छन्। सम्बन्ध तोडिएपछि सनीले आफ्नै प्रोडक्सन कम्पनी खोलेर व्यावसायिक रुपमा पोर्न पोर्टल सञ्चालन गरेकी छन्।

No comments:

Post a Comment