Tuesday, December 27, 2011

news

डिसीनेपाल डटकम संवाददाता - आफ्नो नाममा भएको खर्च सार्वजनिक गर्न र पुनःवर्गीकरणमा परेका सो सरह सेवा-सुविधाको माग गर्दै बहिर्गमनमा परेका माओवादी पूर्व लडाकुहरुले मंगलबार इटहरीमा प्रदर्शन गरेका छन्।   माओवादीको पहिलो डिभिजन इलामको चुलाचुलीबाट अनमिनले अयोग्य ठहर गरी बाहिरिएका लडाकुहरुले प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा 'अयोग्य बिल्ला खारेज गर, बहिर्गमित लडाकुका अधिकार सुनिश्चित गर' लगायतका नाराबाजी गर्दै इटहरी बजार परिक्रमा गरे। जुलुस प्रदर्शनका क्रममा पूर्व माओवादी लडाकुबाहेक समेत सहभागी थिए। कोणसभामा बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य सैतान राईले शिविरबाट अयोग्य भनी हटाइएका पुर्नस्थापना प्याकेजका कार्यक्रम ल्याउनुपर्ने बताए। उनले बर्हिगमनका परेका लडाकुको मागप्रति आफ्नै पार्टी र सरकार गम्भीर नभएको समेत गुनासो गरे।

'देश र जनताको लागि युद्ध लडेका हामीलाई यही देशका नेताहरुले अयोग्य भनेर बिल्ला भिराए तर अहिलेसम्म पनि उनीहरुले संविधान लेख्न सकेका छैनन,' उनले भने, 'चार बर्ष पुग्न लाग्दा पनि संविधान लेख्न नसक्ने नेताहरु पो अयोग्य त हामी कसरी अयोग्य?' पूर्व माओवादी लडाकुहरुले आफ्नो अधिकार सुनिश्चित गर्नका लागि आन्दोलनका चरणबद्ध कार्यक्रम समेत सार्वजनिक गरेका छन्।

No comments:

Post a Comment